आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध


  • 469
    SHARES
  • https://indrenipost.com/posts/7969
    बैशाख २१, २०८१ शुक्रबार
    वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो । 

    आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ ।  ३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आइसीसीले जनाएको छ । 

    थोमसले आरोपमा दोषी स्वीकार गरे, जसको परिणामस्वरूप उनको सजाय १८ महिनाले घटाइएको छ । उनको सजाय २३ मे २०२३ मा सुरु भएको छ भने २२ मे २०२८ सम्म उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन् ।

    थोमसले वेस्ट इन्डिजका लागि तीनवटै फर्म्याटमा खेलेका छन् । उनले एक टेस्ट, २१ एकदिवसीय र १२ टी-२० खेलेका छन् । उनले २०११ को एकदिवसीय विश्वकप पनि खेलेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij