शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्वीप नै जारी (निर्देशन पत्रसहित)


  • 892
    SHARES
  • https://indrenipost.com/posts/7970
    बैशाख २१, २०८१ शुक्रबार
    सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्वीप नै जारी (निर्देशन पत्रसहित)

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

    नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् । मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

    तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन । सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषिमन्त्री रहेका छन् ।

    438158182_358466720554142_8452998876764964406_n_j16aBzGWc4.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij