काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरूले सरकारमा जाने मन्त्री छिट्टै टुंग्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको एक स्थायी कमिटी सदस्यले बताए ।
“मन्त्रीपरिषद् विस्तार हुन सकिरहेको छैन । नेतृत्वको असक्षमता पनि देखिएको छ भनेर हामीले त प्रश्न उठाएका छौँ । अध्यक्षलाई दबाब पनि भएको छ । आज बस्ने स्थायी कमिटीको बैठकमा मन्त्रीका विषयमा टुंगो लाग्ला,” भने ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । प्रचण्डले मन्त्रीका विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने वा प्रतिस्थापन गर्ने भन्ने विषयमा विवाद भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् ।
माओवादीमा दुईपटक सांसद हुँदा पनि मन्त्री बन्न नपाएका, भौगोलिक आधारमा मन्त्री पठाउने तयारी छ । मन्त्री भइसकेकाहरूलाई नदोहोर्याउन नेताहरूको सुझाव छ ।