आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

ट्वान्टी–२० शृंखला : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7985
    बैशाख २२, २०८१ शनिबार
    ट्वान्टी–२० शृंखला : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

    काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ ।

    नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो ।

    बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो ।

    जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो । त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

    नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो ।

    शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij