आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल


  • 559
    SHARES
  • https://indrenipost.com/posts/7988
    बैशाख २२, २०८१ शनिबार
    ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल

    काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली फुटबल टिमले अभ्यास खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा खेलेको छ ।

    गएराति एल्डरसटस्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलमा नेपाली टिम हाबी देखिए पनि गोल भने गर्न सकेन ।

    नेपालले ६ मेमा अब इंग्ल्यान्ड 'सी' सँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र इंग्ल्यान्ड 'सी' बीचको खेल एल्डरसट टाउनको इबीबी स्टेडियममा हुनेछ ।

    इंग्ल्यान्ड 'सी' राष्ट्रिय टोलीकै मान्यता प्राप्त टिम हो । नेपाल इंग्ल्यान्ड 'सी' सँग मैत्रीपूर्ण खेलका लागि बेलायत पुगेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij