आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित


  • 856
    SHARES
  • https://indrenipost.com/posts/7993
    बैशाख २२, २०८१ शनिबार
    अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

    काठमाडौं । पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेकाे छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएकाे अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएकाे हाे ।

    वेस्ट इन्डिज ‘ए’ले दिएकाे १ सय ७३ रनकाे विजयी लक्ष्य नेपालले चार विकेटकाे क्षतिमा सात बल बाँकी छँदै पूरा गर्‍याे । पाँच खेलको सिरिज भने वेस्ट इन्डिज ‘ए’ले अन्तिम खेलअगावै जितिसकेकाे थियाे ।

    अन्तिम खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । आसिफले ३५ बलमा दुई चौका र चार छक्कासहित ५१ रन बनाए । अनिलले ४५ बलमा चार चौका र चा छक्काकाे मद्दतले ५८ रन बनाए ।

    कुशल मल्ल १८ बलमा ३७ रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले पाँच रन जाेडे । वेस्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले तीन र म्याथ्यु फर्डले एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले २० ओभरमा सात विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार पारेको थियाे । वेस्ट इन्डिज 'ए' का लागि एलिक एथेनाजेलेले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै, कप्तान रोस्टन चेसले ३३, जोनसन चार्ल्सले २४ र म्याथ्यु फर्डेले २३ रनको योगदान दिए ।

    यसैगरी, कदिम अल्लेने र मार्क डेयाल समान ११-११ रन जोडे । नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान तीन-तीन र अविनाश बोहराले एक विकेट लिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij