मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

संयुक्त गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे निर्णय होला ?


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/803
    असोज ६, २०७८ बुधबार
    संयुक्त गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे निर्णय होला ?

    काठमाडौं । मन्त्रिपरिषद् र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ६ बजेको लागि गठबन्धनको बैठक बोलाइएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै गठबन्धनको बैठक बस्ने बताए । मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । मंगलबारको बैठकले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई नियुक्त गर्ने सहमति बनेको थियो । 

    आजको गठबन्धनको बैठकअघि कांग्रेसको पदाधिकारी बैठक जारी छ । यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी र एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ । यता, गठबन्धनमा सामेल भएका जनता समाजवादी पार्टी जसपा भने राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नहुने पक्षमा छन् । 

    देउवा सरकार गठन भएको ७० दिन बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । आजको बैठकले सरकारलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । 

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij