काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले भोलि (बिहीबार) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
आज स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग प्रवक्ता महराले केही बेरमा सत्ता गठबन्धनको बैठक बस्न लागेको भन्दै बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
“अहिले केही बेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ,” उनले भने, “त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”
उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि गठबन्धनका नेताहरूले नै निर्णय लिने जानकारी दिए । “अध्यादेश खारेजीको कुरा आइरहेको छ, भोलि नै पार्लियामेन्ट छ, त्यहाँ प्रतिस्थापन विधेयक पनि जानसक्छ,” महराले भने, “त्यसपछि विधेयक विषयमा सबै दलको राय समान हुन्छ ।