मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक आज पनि बस्दै


  • 964
    SHARES
  • https://indrenipost.com/posts/808
    असोज ७, २०७८ बिहीबार
    मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक आज पनि बस्दै

    काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा बुधबार बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने भएका हुन् ।

    बैठक अपराह्नतिर बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)मा बुधबार बेलुका बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij