काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । आफ्नो माग संबोधन नभएसम्म विरोध जारी राख्ने एमालेले जनाएको छ ।
अवरोधको निकास सभामुख अग्निप्रसाद सापकोटा र सत्ता पक्षले नै दिनुपर्ने एमालेले बताएको छ । एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ ।
सूचना टाँस नगरे राजीनामा दिन एमालेले सभामुखसँग माग गरिसकेको छ ।