बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

नवलपरासी झडप घटना दुई पक्षबीच ५ बुँदे सहमति, मृतकका परिवारले बुझे शव


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/8131
    फागुन १५, २०८१ बिहीबार
    नवलपरासी झडप घटना दुई पक्षबीच ५ बुँदे सहमति, मृतकका परिवारले बुझे शव

    काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका(३ की युवती हराएपछि दुई स्थानीय समूहबीच झडप भएको घटनामा सहमति भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच पाँच बुँदे सहमति भएको हो। दुई स्थानीय समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। स्थानीय विजय धवलको उपचारको क्रममा मृत्यु भएको हो।

    धवलको मृत्युपश्चात् झडपले ठूलो रूप लिएको थियो। उनको शव परिवारले बुझेकै थिएनन्। बिहीबार दुई पक्षबीच सहमति भएर परिवारले शव बुझेको जिल्ला प्रशासन प्रमुख हिरालाल रेग्मीले जानकारी दिए। ‘दुई पक्षबीच ५ बुँदे सहमति भएको छ,’ उनले भने, ‘मृतकको परिवारले शव बुझिसक्नुभएको छ।’

    उनका अनुसार मृत्युको परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने, गाडी चालकलाई कारबाही गर्ने, नियन्त्रणमा लिएकाहरूमाथि छानबिन गरी निर्दोषलाई छोड्ने र दोषीमाथि कारबाही गर्ने, परिस्थिति सामान्य गराउने, मृतकको शव बुझ्ने भनेर सहमति भएको छ। स्थानीय युवती र युवक हराएपछि दुई पक्षबीच सोमबार साँझ र मंगलबार बिहान झडप भएको थियो। मंगलबारको झडपमा गाडीले किचेर धवलको मृत्यु भएको हो। युवक र युवती प्रेम सम्बन्धमा रहेको र उनीहरू भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    पुसको अन्तिमतिर सोही गाउँकी १६ वर्षीया किशोरी हराइरहेको भन्दै प्रहरीमा निवदेन परेको छ। उनीसँगै सोही गाउँका एक युवक पनि परिवारको सम्पर्कमा छैनन्। उनीहरू प्रेम सम्बन्धमा रहेको पनि सुन्नमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० नारायण थापाले जानकारी दिए। ‘किशोरी र युवक दुवै परिवारको सम्पर्कमा नआएकाले के हो भन्न सक्ने अवस्था छैन,’ इन्स्पेक्टर थापाले भने, ‘झडप गर्ने ६ जनालाई नियन्त्रणमा लिएका छौं।’

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij