काठमाडौं । बेलायतले युक्रेनलाई २.२६ विलियन पाउण्ड ऋण सहयोग गरेको छ । यो सहयोग युक्रेनले हतियार किन्न वा हतियार निर्माण गर्न खर्च गरिने बताएको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मर र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच लण्डनमा भएको वार्तापछि बेलायतले युक्रेनलाई यो परिमाणको सहयोग गरेको हो । तर यो ऋण युक्रेनले बेलायतलाई तिर्नुपर्ने छैन । बेलायतले यो रकम रुसबाट जफत गरिएको सम्पतिबाट असुल उपर गर्नेछ । तनावपूर्ण अमेरिका भ्रमणपछि बेलायत पुगेका जेलेन्स्कीले असल साथीको रुपमा स्टार्मरको प्रशंसा गरे । ट्रम्प र जेलेन्स्कीकाबीचमा ओभल हाउसमा झगडा भएपछि तत्काल स्टार्मर ले दुबैजनालाई फोन गरेका थिए ।
प्रधानमन्त्री कीरले ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग फोनमा कुरा गरेका थिए । प्रधानमन्त्रीले आइतबार लन्डनमा युरोपेली नेताहरूको सम्मेलन आयोजना गरेका छन । सम्मेलनमा रूस युक्रेन युद्धको अन्त्यका लागि भएका प्रयास र युरोपको सुरक्षा विषयमा छलफल केन्द्रीत हुनेछ ।
यो सम्मेलनमा जेलेन्स्कीले पनि सहभागिता जनाउने बताइएको छ । पछिल्ला हप्ताहरूमा प्रधानमन्त्री कीरले आफूलाई अमेरिकी र युरोप बीचको सेतुको रूपमा प्रस्तुत गर्न खोजेका देखिएको छ । ट्रम्प प्रशासन युरोपेली सुरक्षा मामिलामा कम संलग्न हुने चाहना राखेको देखिएको छ । स्टारमरले युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीको खोजीमा पनि मध्यस्थताको प्रयास गरिरहेका छन ।
शुक्रबार साँझ ट्रम्प र जेलेन्स्कीलाई फोन गरेर उनीहरूको विवादको पछाडि स्थितिलाई स्टार्मरले बताएका थिए । युक्रेनको समर्थनमा बेलायती सडकमा भिड देखिएपछि युद्धको सुरुवात देखि समर्थन र सहयोग गरेको भन्दै प्रधानमन्त्री स्टार्मर र बेलायती जनतालाई जेलन्स्कीले आभार प्रकट गरेका थिए ।