बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार 


  • 190
    SHARES
  • https://indrenipost.com/posts/8197
    फागुन २०, २०८१ मंगलबार
    भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार 

     


     काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो ।

     सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत माघ २ मा जारी भएको थियो । त्यस अगाडि गत पुस १४ मा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । त्यसपछि पुस २९ मा थप चारवटा अध्यादेश जारी भएका थिए ।

    जसपा र लोसपाले भूमि बाहेकका अध्यादेश अघि बढाउन सहयोग गर्ने निर्णय गरेकाले यी अध्यादेश दुवै सदनबाट स्वीकृत हुने छ भने, भूमि अध्यादेशबारे पछि थप सहमति खोज्ने सरकारको तयारी छ ।

    जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij