शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8220
    फागुन २१, २०८१ बुधबार
    लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर

     

    काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको हो ।


    अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहरेको जानकारी दिए । ‘अदालतले मंगलबार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासहितलाई दोषी ठहर गरेको छ’, खनालले भने, ‘दोषी ठहर भएकाहरूको सजाय निर्धारण गर्न भने बाँकी छ । सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश भएको छ ।’ २०७९ असोज २४ गतेदेखि अघि बढेको यो मुद्दाको छिनोफानो अदालतले ५७ औँ पेशीमा टुंगो लगाएको हो ।

    यस मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तासहित जितेन्द्र पासवान, रघुनाथप्रसाद धोबी, रामा गुप्ता भन्ने रामा साह र मन्टु भन्ने विवेकप्रसाद पाण्डे विपक्षी थिए । जसमध्ये गाउँपालिका अध्यक्ष गुप्तासहित दुई जना लागूऔषध कारोबारसम्बन्धी मुद्दामा कसुरदार ठहर भएका हुन् । जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०र९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

    गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । अध्यक्षमा विजयी माओवादी केन्द्रका गुप्ताले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धि नेपाली कांग्रसका उम्मेदवार राजेन्द्र साहनीको पक्षमा ३ हजार ८ सय ६५ मत परेको थियो ।  

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij