बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

दीपक मनाङेलाई २० प्रतिशत कैद सजाय छुट दिन अदालतको आदेश

  • 145
    SHARES
  • https://indrenipost.com/posts/8249
    फागुन २३, २०८१ शुक्रबार
    दीपक मनाङेलाई २० प्रतिशत कैद सजाय छुट दिन अदालतको आदेश

    पोखरा । राजीव गुरूङ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।


    मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ ९क० अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए ।

    मुलुकी ऐन दण्ड सजायको ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार मनाङेले २० प्रतिशत सजाय छुट पाएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    गत कात्तिक २० मा मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । कात्तिक २७ गते मनाङे अदालतमा उपस्थित भएका थिए ।

    उनलाई अदालतले ५ वर्षको सजाय सुनाएको थियो । यसअघि उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण २ वर्ष ४ महिना जेल बस्नुपर्ने हुन्थ्यो । त्यसमा उनले २० प्रतिशत छुट पाउने जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij