बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

माओवादी जागरण अभियान स्थगित  


  • 856
    SHARES
  • https://indrenipost.com/posts/8260
    फागुन २४, २०८१ शनिबार
    माओवादी जागरण अभियान स्थगित  

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ ।  पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको भन्दै माओवादी केन्द्रले अभियान स्थगित गरेको बताइएको छ । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन् । प्रचण्ड आजै सिमाराबाट काठमाडौं आउने पनि बताइएको छ ।  त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका छन् । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो ।


    राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन् । तर, पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राजावादीकै कारण अभियान स्थगित नभएको बताए । उनले लागातार तराई मधेसको अभियानमा केन्द्रित हुँदा संसदमा प्रभावकारी हस्तक्षेप गर्न नसकेकाले केही दिनलाई अभियान स्थगित भएको बताए । भोलि पदाधिकारी बैठकले अभियान र समसायिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij