बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

काठमाडौंमा आइतबार पनि बदली 


  • 685
    SHARES
  • https://indrenipost.com/posts/8263
    फागुन २५, २०८१ आइतबार
    काठमाडौंमा आइतबार पनि बदली 

     

    काठमाडौं । देशका केही स्थानमा शनिबार ९फागुन २४० वर्षा र हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले काठमाडौंसहित झापा, मोरङ, संखुवासभा, मनाङ, कास्की, गोरखा, रुकुम पश्चिम, सिन्धुपाल्चोकमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यी जिल्लाका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात समेत भएको छ । काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा भएको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए । तर, आइतबार ९फागुन २५० कोसी, वाग्मती र गण्डकी प्रदेशमा बदली ९आकाशमा बादल०को सम्भावना रहेको उनले जानकारी दिए ।

    भित्रँदै छ अर्को प्रणाली
    पानी पार्ने पश्चिमी वायुकै अर्को प्रणाली भित्रन लागेको छ । आउँदो सोमबार ९फागुन २६० त्यो प्रणाली नेपाल भित्रने मौसमविद्ले बताएका छन् ।

    तर, त्यो ठूलो ‘सिस्टम’ नहुने र धेरै क्षेत्रमा प्रभाव नपर्ने मौसमविद् पुडासैनीले बताए । “प्रणाली भित्रने सम्भावना देखिएको छ, तर ठूलो सिस्टम होइन,” उनले भने, “कर्णालीमा चाहिँ हिमपात र वर्षाको सम्भावना देखिन्छ ।”

    देशमा बरु अब प्रिमनसुनका गतिविधि बढ्दै जाने उनले उल्लेख गरे । स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना हुने उनले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij