बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औं महाधिवेशन सरगर्मी

काँग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने


  • 910
    SHARES
  • https://indrenipost.com/posts/828
    असोज ८, २०७८ शुक्रबार
    काँग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने

    काठमाडौं । नेपाली काँग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको हो ।

    सहमहामन्त्री प्रकाशशरण महतका अनुसार १३ जिल्लामा देखिएका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने सहमति भएको छ ।‘आज १३ जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्छ । दसैंअगाडि नै यी जिल्लामा वडा अधिवेशन भइसक्छ,’ उनले भने, ‘वडा अधिवेशन सकिएका हिमाली जिल्लामा भने दसैं अगाडि नै जिल्ला अधिवेशन हुन्छ ।’

    प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन भएको छैन । काँग्रेसले ६४ जिल्लाको वडामा भने वडा अधिवेशन गरिसकेको छ । ती जिल्लामा शनिबार गाउँ/नगर अधिवेशन हुनेछ ।

    सहमहामन्त्री महतले केन्द्रीय महाधिवेशन सार्नेबारे छलफल नभएको पनि बताए । ‘अधिवेशन गर्न आवश्यक समय मात्रै लिइन्छ । वडा अधिवेशन भएपछि अब अरू रोकिन्न,’ उनले भने । क्रियाशील सदस्यताबारे देखिएका विवाद पटकपटक समाधान गरे पनि फेरि नयाँ-नयाँ विवाद देखिँदा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij