बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने 


  • 991
    SHARES
  • https://indrenipost.com/posts/8284
    फागुन २६, २०८१ सोमबार
    प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

    प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।

    संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विभिन्न संघरसंस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक बृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij