बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औ महाधिवेशन सरगर्मी

काँग्रेस महाधिवेशन सर्ने, मंसिरबाट माघ दोस्रो साता पुग्ने सम्भावना


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/832
    असोज ८, २०७८ शुक्रबार
    काँग्रेस महाधिवेशन सर्ने, मंसिरबाट माघ दोस्रो साता पुग्ने सम्भावना

    काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएकाे छ । यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ । शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ ।

    १३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन । कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लाे तहकाे अधिवेशन सार्ने गरी नयाँ तालिका सार्वजनिक गर्न लागेको हो ।

    त्यसबारे औपचारिक निर्णय गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसिरहेको छ । उक्त बैठकले कांग्रेस महाधिवेशन माघ दोस्रो साता गर्ने गरी सबै कार्यतालिका हेरफेर गर्न लागिएको एक नेताले जानकारी दिए ।

    चौथोपटक भदौ २५ गते सार्वजनिक भएको अधिवेशन कार्यतालिकालाई पुन: परिमार्जन गर्ने निर्णय भएको थियो। सार्वजनिक कार्यतालिकाअनुसार गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते गरेर प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने तय भएकाे थियो ।

    एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको थियाे । तर मंसिर ९–१३ गते हुने केन्द्रीय महाधिवेशनलाई यथावत राखेर अरु कार्यतालिका फेरिने भनिए पनि महाधिवेशन माघ दोस्रो सातासम्म पुग्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij