बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

माओवादी सांसद राजन दाहालले भने,सरकारकै कारण राजावादी सल्बलाए

  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/8356
    चैत ३, २०८१ आइतबार
    माओवादी सांसद राजन दाहालले भने,सरकारकै कारण राजावादी सल्बलाए

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल राजनले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र छलफल जारी रहेको बताएका छन्।  आइतबार  संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बनाउन छलफल सुरु भएको बताएका हुन्। 

    समस्या सडकभन्दा सरकारमै छ। अनियमितिता छ। सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ,ु उनले भने, गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ।ु

    यो  प्रारम्भिक छलफल भएकाले आकार ग्रहण गरिनसकेको उनको भनाइ थियो। उनले नेकपा एमालेसँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग हुने पनि बताए।  माओवादीले केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीकै कारण राजावादीहरू सल्बलाएको बताउँदै आएको छ। 

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij