बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

आईजीपी कुँवरसँगै ५ एआईजी र ३ डीआईजी आजदेखि अवकास हुँदै

  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/8362
    चैत ४, २०८१ सोमबार
    आईजीपी कुँवरसँगै ५ एआईजी र ३ डीआईजी आजदेखि अवकास हुँदै

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ९ जना उच्च अधिकारीहरु आज राति १२ बजेदेखि अवकास हुने भएका छन्।

    कुँवर २०७९ चैत १० गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।  

    उनकै ब्याची अतिरिक्त महानिरीक्षक (एआईजी) प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र प्रदेश समन्वय विभाग प्रमुख जनकराज भट्टराई रहेका छन्।

    प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोलाबहादुर रावल, ध्रुवबहादुर राउत र गणेश चन्द पनि अवकास हुनेछन्।

    उनीहरु प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्। कुँवरसहितका यी अधिकारीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 


    यही ब्याचका एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, किरण राणा, भीमप्रसाद ढकाल, केदार ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, भरतबहादुर बोहरा लगायत पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकाश भइसकेका छन्।

    पोषराज पोखरेल, राजेशनाथ बास्तोला, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालले पनि उमेर हदकै कारण ३० वर्षे सेवावधि पूरा गर्न पाएनन्। उनीहरू डीआईजीबाटै अवकाश भएका थिए। 

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij