काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना भएको छ । घटनामा चार जना घाइते भएका छन् ।
इन्द्रसरोवर गाउँपालिका ३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपी ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
गाडीमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको छ । उनीहरू सबै भारतीय नागरिक हुन् ।