बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

 ओली, देउवा प्रचण्ड भेट्दै 


  • 685
    SHARES
  • https://indrenipost.com/posts/8381
    चैत ५, २०८१ मंगलबार
     ओली, देउवा प्रचण्ड भेट्दै 

     
    काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कागेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्ने तयारी गरेका छन् ।  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) ऐनका विषयमा बारेमा ओली, देउवा र प्रचण्ड भेट्न लागेका हुन । 
    ओली, देउवा र  प्रचण्ड भेट्ने तयारी गरेपछि राजावादी शक्तिहरू आफूहरूले आन्दोलन गरेपछि अतालिएर शीर्ष नेताहरू भेट्न लागेको चर्चा गर्न थालेका छन् । तर, माओवादी केन्दका एक नेताले टिआरसी ऐनसँग सम्बन्धित आयोगका पदाधिकारी नियुक्ति, द्धन्द्धकालीन मुद्दा लगायत विषयमा छलफल हुने बताए । लामो समयदेखि द्धन्द्धकालीन मुद्दा टुङ्गो लाग्न सकेको छैन । हाल तत्कालीन माओवादी द्वन्द्वमा ६० हजार भन्दी मुद्दा टिआरसीमा परेका छन् । 

    राष्ट्रिय मानवअधिकार आयोगले फागुन तेस्रो साता प्रधानमन्त्रीलाई पत्राचार गर्दै अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउन,सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न आग्रह गरेको थियो । त्यसअघि परराष्ट्रमन्त्री आरजु राणासँग पनि आयोगले अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियाबारे छलफल गरेको थियो । 

    सरकारले गत कात्तिकमा दुवै आयोग गठनका लागि  सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेपनि थप प्रक्रिया सुरु भएर पनि रोकिएको थियो । त्यसपछि मंसिर मसान्तमा समिति अध्यक्ष मिश्रले आयुक्तहरूको नाम सिफारिस गर्न असफल भएको भन्दै नेपाल सरकारलाई सुरुबाटै प्रक्रिया थाल्न सुझाव दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij