बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्ववियू कैलाली र कञ्चनपुरमा शून्य 


  • 757
    SHARES
  • https://indrenipost.com/posts/8399
    चैत ६, २०८१ बुधबार
    स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्ववियू कैलाली र कञ्चनपुरमा शून्य 


     
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट  अनेरास्ववियु कञ्चनपुर र कैलालीमा शून्य भएको छ ।  सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरू कञ्चनपुर र कैलालीका १६ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको नतिजा प्रतिकूल आएको हो ।  

    कञ्चनपुरका त्रिविअन्तर्गतका सात क्याम्पसमध्ये एकमा निर्विरोध नेतृत्व चयन भएको छ भने छ क्याम्पसमा चुनावी प्रक्रियाद्वारा स्ववियुका लागि कार्यसमिति चयन भएको हो । जसमध्ये पाँचमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ  दुईमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । 

    प्राप्त मत परिणामअनुसार बेलडाँडी गाउँपालिकामा पर्ने रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसीको नेतृत्वमा नेविसंघको प्यानल विजयी भएको छ  । दोधारा–चाँदनी नगरपालिकाको भानु बहुमुखी क्याम्पसमा सुवास नेगीको नेतृत्वमा नेविसंघकै प्यानल विजयी भएको छ ।

    नेविसंघ पुनर्वास नगरपालिकाको जनता क्याम्पसमा विकास खड्का नेतृत्वमा र कृष्णपुर नगरपालिकाको कञ्चन बहुमुखी क्याम्पसमा सुनिल ऐर नेतृत्वमा प्यानलसहित निर्वाचित भएको छ ।
    अखिल क्रान्तिकारीले बेलौरी नगरपालिकाका दुई क्याम्पस महाकाली बहुमुखी र रामपुर बहुमुखीमा प्यानलसहित विजय हासिल गरेको छ । महाकालीमा दीपक चौधरी र रामपुरमा रविना राना नेतृत्वको क्रान्तिकारी प्यानल निर्वाचित भएको हो ।

    रामपुर बहुमुखी क्याम्पसमा सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए । शुक्लाफाँटा नगरपालिकाको झलारीमा अवस्थित कृष्ण–बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघले निर्विरोध नेतृत्व पाएको थियो । सभापतिमा करनप्रसाद भट्ट निर्विरोध भएका थिए ।  त्रिविअन्तर्गत कैलालीमा रहेका क्याम्पसमध्ये नौ वटामा स्ववियु निर्वाचन भएको छ । जसमध्ये ५ क्याम्पसमा नेविसंघ र चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ ।  

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij