बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

महायज्ञका लागि घर भत्काउँदा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

  • 226
    SHARES
  • https://indrenipost.com/posts/8425
    चैत ८, २०८१ शुक्रबार
    महायज्ञका लागि घर भत्काउँदा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

    काठमाडौँ । महायज्ञका लागि दलितको घर भत्काएको विषयमा प्रहरीले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितका अनुसार पालिका अध्यक्ष शिवजी र पूर्ववडा अध्यक्ष दिलीपलाई अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिइएको हो ।

    यस प्रकरणमा अहिलेसम्म जाहेरी नपरेको प्रहरीले जनाएको छ । यद्यपि, पीडित पक्षसँग पनि छलफल गरेर घटनाबारे अनुसन्धान गर्ने एसपी पण्डितले जानकारी दिए ।

    औरही गाउँपालिकाको वडा नम्बर ५ मा दिपक मरिक (डोम)को घर भत्काएर पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले महायज्ञको तयारी गरेका थिए ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij