बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

गाउँपालिका अध्यक्ष यादव पक्राउपछि डोम परिवार विस्थापित 


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/8433
    चैत ९, २०८१ शनिबार
    गाउँपालिका अध्यक्ष यादव पक्राउपछि डोम परिवार विस्थापित 

     
    काठमाडौं । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउपछि डोम परिवार विस्थापित भएको छ। अध्यक्षका आफन्त र समर्थकले धम्की र गालीगलोज गरेपछि दीपक मरिक डोमको परिवार शुक्रबार रातिदेखि विस्थापित भएको हो।

    विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

    अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरासहित स्थानीयले दीपकको घरमा पुगेर गालीगलोज र धम्की दिएका थिए। त्यसपछि दीपक र उनकी श्रीमती अनिता वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन्। 

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij