बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

नेपालमा आइटेल ए ८० सार्वजनिक, मूल्य कति ?


  • 829
    SHARES
  • https://indrenipost.com/posts/8439
    चैत १०, २०८१ आइतबार
    नेपालमा आइटेल ए ८० सार्वजनिक, मूल्य कति ?

    काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ । ‘क्या दामी छ’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन् ।

    आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ । आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ ।

    फोनमा ६।७ इन्चको एचडीं डट इन डिस्प्ले छ, जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ । ५ हजार एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ। यूनिसोक टी ६०३ अक्टा कोर प्रोसेसर सहित ८ जीबी र्याम ९४ जीबी ४ जीबी मेमोरी फ्युजन० र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ ।

    फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन् । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन् ।

    यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम र टाइप सी कनेक्टिभिटी रहेका छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ ।

    आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रंगमा उपलब्ध छ । कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ । नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रमार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैयाँ तोकिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij