काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्यसमेत घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।