मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

ओमप्रकाश मिश्रकै नेतृत्वमा टिआरसी सिफारिस समिति बनाउने निर्णय 


  • 181
    SHARES
  • https://indrenipost.com/posts/8467
    चैत ११, २०८१ सोमबार
    ओमप्रकाश मिश्रकै नेतृत्वमा टिआरसी सिफारिस समिति बनाउने निर्णय 

    काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीलेलाई जानकारी दिए । उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ छन् । मन्त्रिपरिषद् बैठक बस्नुअघि सोमबार अपरान्ह यही विषयमा छलफल गर्न शीर्ष नेताहरू जुटेका थिए ।

    पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलले पुनः सिफारिस समिति बनाएर काम अघि बढाउने सहमति गरेका थिए । सोही सहमति अनुसार लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो । यो समितिमा मानव अधिकार आयोगको एकजना प्रतिनिाधि रहन्छन्, यदि यसअघिको समितिले निरन्तरता पाउने हो भने आयोगले सदस्य मनोज दवाडीलाई पठाउनुपर्ने हुन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij