बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

फरार दुर्गा प्रसाईंले भने- काठमाडौंको कुनै मन्दिरमा छु

  • 361
    SHARES
  • https://indrenipost.com/posts/8536
    चैत १७, २०८१ आइतबार
    फरार दुर्गा प्रसाईंले भने- काठमाडौंको कुनै मन्दिरमा छु

    काठमाडौं । ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू काठमाडौंको कुनै एक मन्दिरमा रहेको र नभागेको बताएका छन्।

    आइतबार दिउँसो दुर्गा प्रसाईं नाम गरेको फेसबुकमा पोस्ट भएको भिडिओमा प्रसाईंले चैत १५ गते भएको घटनाप्रति प्रहरीसँग माफी पनि मागेका छन्।

    प्रसाईं आफैले गाडी हाँकेर प्रहरीलाई पेलेर घेरा तोड्दै निषेधित क्षेत्र प्रवेश गरेका थिए। त्यसका लागि उनले माफी मागेको पनि भिडिओमा उल्लेख छ। ‘मान्छेका घरमा आगो लगाउने, तोडफोड नगर साथीभाइ हो भनेर मैले भनेको छु,’ उनले भने, ‘तर जुन घटना भएको छ त्यसमा दुस्ख व्यक्त गरेको छु।’

    उनले आफू काठमाडौंमै कुनै एउटा मन्दिरमा बसेको र सुरक्षित रहेको पनि उल्लेख गरेका छन्। तीनकुनेमा आफू पुग्नुभन्दा १५ मिनेटअघि नै रणभूमि बनेको पनि उनको दाबी छ।

    ‘सुरक्षाकर्मीप्रति मेरो दुश्मनी होइन, तपाईंहरूलाई पर्न गएको चोटमा क्षमा चाहन्छु। म तपाईंहरूबाट टाढा छैन,’ उनले भने, ‘पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, म सुरक्षित मात्रै बसेको। मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि सुरक्षित ठाउँमा बसेको छु।’

    शुक्रबार तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। शुक्रबार अपराह्नदेखि प्रसाईं फरार छन्, गृहमन्त्री रमेश लेखक र प्रहरीहरूले पनि उनको खोजी भइरहेको बताएका थिए।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij