मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भाटभटेनी लुटपाट प्रकरण : थप ३ जना पक्राउ

  • 253
    SHARES
  • https://indrenipost.com/posts/8551
    चैत १८, २०८१ सोमबार
    भाटभटेनी लुटपाट प्रकरण : थप ३ जना पक्राउ

    काठमाडौं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका वडा नं ६ ढल्केवर काटेश्वर बस्ने आशिष सिंह, सर्लाही बरथहवा नगरपालिका वडा नं १६ घर भएका कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो र भारतको बिहार राज्य पटना हाजिपुर घर भई हाल कोटेश्वर नरेफाँट बस्ने रवि रञ्जन कुमार रहेका छन् ।

    यसअघि प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज थप ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहको साथबाट ब्ल्याक लेबल १ थान, ज्याक जेनिल २ थान, महतोको साथबाट ४ थान खाली बियरको बोतल र कुमारको साथबाट यार्सागुम्बा ब्राण्डको मदिरा १ थान बरामद भएको छ ।

    यस्तै  पक्राउ परेका अन्य ७ जनाको साथबाट हाफपाइन्ट टाउजर, टे«, क्यारेट, फलफूल, लिपिस्टक गाजल रअन्य सामानहरु बरामद भएको छ । उनीहरुले शुक्रबार भाटभटेनीमा लुटपाट हुँदा चोरेर लगेका थिए । अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij