मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

दुर्गा प्रसार्ईँले भूमिगत रुपमा भने, ‘मैले लुक्ने ठाउँ भेटेको छु मलाई पाउँदैनौ’


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/8558
    चैत १८, २०८१ सोमबार
    दुर्गा प्रसार्ईँले भूमिगत रुपमा भने, ‘मैले लुक्ने ठाउँ भेटेको छु मलाई पाउँदैनौ’

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल फरार रहेका छन् । 

     भूमिगत बनेका उनी हाल भारत पुगिसकेको हल्ला फैलिएको सन्दर्भमा उनले आफ्नो सचिवालयको फेसबुकमार्फत नेपालमै रहेको दाबी गरेका हुन् । उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन् । उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन् । 
     
    उनले फेसबुकमा भनेका छन्, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ १ दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो १ मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख ?’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij