मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भाटभटेनीमा लुटपाट हुँदा जोगाउने सुरक्षा गार्डलाई सम्मान गरिने


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/8570
    चैत १९, २०८१ मंगलबार
    भाटभटेनीमा लुटपाट हुँदा जोगाउने सुरक्षा गार्डलाई सम्मान गरिने

     

     काठमाडौँ । शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक सम्मान गर्ने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने भएको छ । 

    सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गर्ने भएको हो । यसका लागि बुधबार बिहान सम्मान कार्यक्रम राखिएको छ । लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ ।  \

    उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिबार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । यसका लागि सरसफाइ लगायत कर्मचारीले रातभर काम गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij