मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

गठबन्धनलाई तल्लो तहसम्मै निरन्तरता दिनेबारे छलफल


  • 901
    SHARES
  • https://indrenipost.com/posts/863
    असोज १०, २०७८ आइतबार
    गठबन्धनलाई तल्लो तहसम्मै निरन्तरता दिनेबारे छलफल

    काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना, सङ्घीय सरकार गठनमा गठबन्धन बनाएका दलहरूबीच तल्लो तहसम्मै एक भएर जाने बारेमा छलफल सुरु भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधि सभा विघटनको निणर्य गरेदेखि नै विरोधमा उत्रिएका नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाज वादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबीच तल्लो ततहसम्मै गठबन्धनलाई एक बनाएर जाने बारेमा छलफल सुरु भएको हो ।

    माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सङ्गठन एक बनाउने बाहेकका काममा सहकार्य गर्ने बारेमा गठबन्धन दलबीच छलफल सुरु भएको सीआईएनसँग बताए । गठबन्धन निर्माणमा निर्णायक भूमिका खेलेको नेकपा एकीकृत समाजवादी पार्टीमा पनि यस बारेमा अनौपचारिक छलफल सुरु भएको छ ।

    अध्यक्ष माधव नेपालले गठबन्धनलाई तलैसम्म निरन्तरता दिने बारेमा सत्ताधारी दलमा छलफल चलाएको सचिव जगन्नाथ खतिवडाले बताए । विश्लेषक जैनेन्द्र जीवनले भने स्थानीय स्तरसम्मै सत्ता गठबन्धनलाई निरन्तरता दिन चुनौती रहेको टिप्पणी गरे । चुनावको बेलामा गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टीसँग काँग्रेस, एमाले, माओवादी केन्द्रको प्रतिस्पर्धा हुने उल्लेख गर्दै उनले छलफल चले पनि तल्लो तहसम्म सहकार्यकफ म्भावना कम रहेको टिप्पणी गरे ।

    प्रतिनिधि सभाको विघटनविरुद्ध अदालतमा मुद्दा दायरदेखि दुवै पटक प्रतिनिधि सभा पुनस्तापना, काँग्रेस सभापति समेत रहनु भएका शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा गठबन्धन एक छ । प्रदेश १ र वागमती प्रदेशमा पनि आफ्नो नेतृत्वमा सरकार गठनको तयारीमा रहेको सत्ताधारी दलबीच आगामी चुनावसम्मै गठबन्धन गर्ने बारेमा छलफल भइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij