आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

वीरगञ्जमा कर्फ्यु आदेश जारी 


  • 325
    SHARES
  • https://indrenipost.com/posts/8734
    चैत ३०, २०८१ शनिबार
    वीरगञ्जमा कर्फ्यु आदेश जारी 

     

    काठमाडौं । पर्साको  वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । वीरगञ्ज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एउटा सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोली मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

    वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगंजमा शोभायात्रा निकालिएको थियो ।

    उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij