मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

अध्यादेशबारे निर्णय गर्ने जिम्मा गठबन्धनका शीर्ष नेतालाई


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/875
    असोज १०, २०७८ आइतबार
    अध्यादेशबारे निर्णय गर्ने जिम्मा गठबन्धनका शीर्ष नेतालाई

    काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिएका छन् ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने विषयमा भएको ढिलाइको समीक्षा गर्दै अध्यादेशबारे छिटो निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेको गठबन्धनले प्रदेशमा समेत गठबन्धन बनाएर अघि बढ्ने समझदारी बनाएको छ ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र नेता महिन्द्र राय यादव तथा जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल थिए ।
    बैठकमा सहभागी यादवका अनुसार यही हप्ता सरकारलाई पूर्णता दिने सहमझदाुरी बनेको छ ।

    ‘संसदमा पेश भएको अध्यादेशबारे निर्णय गरेर सरकारलाई पूर्णता दिने अधिकार शीर्ष नेतृत्वलाई दिएका छौँ’, यादवले भने, ‘यो हप्ताभित्र पूर्णता दिने समझदारी बनेको छ ।’

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij