बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

पाँच जिल्लाका काँग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक


  • 3.9K
    SHARES
  • https://indrenipost.com/posts/876
    असोज १०, २०७८ आइतबार
    पाँच जिल्लाका काँग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक

    काठमाडौं । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली सोमबारसम्म सार्वजनिक गरिने उनले बताएका छन् । काँग्रेसमा करिब नौ लाख क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता पनि हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छान्ने अधिकार पाउँछन् । 

    काँग्रेसले यसपहिले ६४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । ती जिल्लामा वडा अधिवेशन पनि भएका छन् । वडा अधिवेशन भइसकेका ५५ जिल्लामा शनिबारदेखि गाउँ(नगर अधिवेशन थालिएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए । 

    केही जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर दशैँअघि नै सबै पालिका अधिवेशन गर्ने निर्णय भइसकेको छ । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij