सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शिक्षा मन्त्री भट्टराई देखाइन् स्वास्थ्यको कारण राजीनामा 


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8802
    बैशाख ८, २०८२ सोमबार
    शिक्षा मन्त्री भट्टराई देखाइन् स्वास्थ्यको कारण राजीनामा 

    काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् ।

    शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । स्रोतका अनुसार, शिक्षामन्त्री भट्टराईले आफ्नो राजीनामापत्रमा स्वास्थ्यको कारण देखाएकी छिन् शिक्षामन्त्री भट्टराई गत माघमा उनी बिरामी परेकी थिइन् । तर उपचारपछि निको भएको थियो । तर, शिक्षामन्त्री निकट स्रोत भने स्वास्थ्यमात्रै नभइ शिक्षक आन्दोलनका कारण परेको पछिल्लो दबाब पनि राजीनामाको कारण भएको बताउँछ ।

    मन्त्रीज्यूलाई प्रेसर ठूलो थियो,’ नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयलाई शिक्षकको आन्दोलन सुल्झाउन कठिन भएको छ ।’मन्त्री भट्टराईले शिक्षकसँगको सहमतिका लागि ७ बुँदे प्रस्ताव समेत तयार पारेकी थिइन् । ईसीडीका शिक्षकको तलब १७ हजार ३०० बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादा क्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था लगायतका विषय उनको ७ बुँदामा तयार थिए ।

    यसबारे मन्त्री भट्टराई आजैको मन्त्रिपरिषदमा लगेर शिक्षकको समस्या समाधान गर्नेगरी सोचेकी पनि थिइन् । यद्यपि, लगातारका दबाब थेग्न नसक्दा राजीनामा दिने अवस्थामा पुगेको मन्त्रालयका उनी निकट एक अधिकारीले दाबी गरे ।

    तर मन्त्री भट्टराईले आफ्नो राजीनामाको अन्य कारण भने सार्वजनिक गरेकी छैनन् । भट्टराईले आफू निकटस्थहरूसँग केही दिनदेखि काम गर्न कठिन भएको गुनासो गरिरहेकी थिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij