सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

महेश बस्नेतले भने,‘शिक्षक आन्दोलन नटुङ्गीनु विद्या भट्टराईको कमजोरी हो’ 


  • 271
    SHARES
  • https://indrenipost.com/posts/8807
    बैशाख ९, २०८२ मंगलबार
    महेश बस्नेतले भने,‘शिक्षक आन्दोलन नटुङ्गीनु विद्या भट्टराईको कमजोरी हो’ 

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै कमजोरीका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयंम मन्त्री कै कमजोरीको संकेत भएको उल्लेख गरेका छन् ।

    उनले भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेको समेत लेखेका छन् ।

    उनले लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij