आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

४ लाख भन्दाबढी मूल्यको लागुऔषध बोकेको गाडीसहित २ जना पक्राउ 


  • 271
    SHARES
  • https://indrenipost.com/posts/8854
    बैशाख ११, २०८२ बिहीबार
    ४ लाख भन्दाबढी मूल्यको लागुऔषध बोकेको गाडीसहित २ जना पक्राउ 

    काठमाडौं । मकवानपुरमा ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोल बोकेको गाडीसहित २ जना पक्राउ परेका छन्। बिहीबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा– १५ रातोमाटे चेकपोइन्टमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा करिब ४ लाख रुपैयाँ बराबरको लागुऔषध ट्रामाडोल बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ।

    बाराको सिम्ररौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी र चालक बारा पचरौता नगरपालिका वडा– ७ बेनौली बस्ने २५ वर्षीय तिर्थलाल पासवान र सहचालक सोही ठाउँका २३ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० श्यामु अर्यालले बताए।

    गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला परेको डीएसपी अर्यालको भनाइ छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij