आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

डोटीमा सवारी दुर्घटना, एकजनाको मृत्यु, ६ घाइते 


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8912
    बैशाख १७, २०८२ बुधबार
    डोटीमा सवारी दुर्घटना, एकजनाको मृत्यु, ६ घाइते 

    काठमाडौं ।  डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका– २ मेलखोला स्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना हुँदा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई उपचारका लागि धनगढीस्थित माया मेटो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।घाइते हुनेमा बैतडी डिलासैनी गाउँपालिका– ४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम छन् ।


    घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij