आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद 


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8932
    बैशाख १८, २०८२ बिहीबार
    जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद 

    काठमाडौँ ।  सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा।बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ । 

    डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले बताए । 

     प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ ।मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ । 
     सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ । पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए । 
    सर्लाहीको भाडसरमा भएको घटनालाई डा।सिंहले भारतमा सितामढीमा भएको भनेर जिकिर गरेकी छन् । कोमल सुप्रियाको विवाह वैशाख मा सितामढीमा भएको थियो । डा।बबीलाई सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij