शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

अविरल वर्षाका कारण गुजरातमा १४ जनाको मृत्यु 


  • 163
    SHARES
  • https://indrenipost.com/posts/8996
    बैशाख २३, २०८२ मंगलबार
    अविरल वर्षाका कारण गुजरातमा १४ जनाको मृत्यु 

    काठमाडौं ।  भारतको पश्चिमी राज्य गुजरातमा सोमबार रातिदेखि परेको असमयिक चट्याङ, मेघगर्जन, वर्षा र तीव्र हावाहुरीका कारण १४ जनाको दुःखद निधन भएको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राज्यका १६८ स्थानमा पछिल्लो २४ घण्टामा वर्षा र हावाहुरीको प्रभाव परेको छ ।

    अधिकारीहरूका अनुसार रुख ढल्दा, घर भत्किँदा र करेन्ट लाग्दा तथा चट्याङ पर्दा यी घटनाहरू भएका हुन्। स्थानीयवासीहरूका अनुसार तीव्र हावाले आँपका बगैँचाहरू र बागबानी खेतीमा समेत ठूलो क्षति पु¥याएको छ ।

    भारत मौसम विज्ञान विभागले आगामी केही दिनसम्म पनि राज्यका विभिन्न स्थानहरूमा ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने, चट्याङसहित मेघगर्जन र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij