शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटको आशंका 


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9023
    बैशाख २६, २०८२ शुक्रबार
    जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटको आशंका 

    काठमाडौं। भारत प्रशासित जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’भएको छ । जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसी हिन्दीका अनुसार जम्मु कश्मिरमा साइरनको आवाज ‘विष्फोट’को आवाज आएको छ । भारतका सैनिक प्रवक्ताले श्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएको सीएनएनले लेखेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    यस्तै भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन । यसअघि बुधबार पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको थियो ।

    यसअघि एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही गरेको थियो ।

    उक्त कारबाहीका क्रममा एक सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij