शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

पाकिस्तानले उच्च गतिको मिसाइल प्रयोग गर्‍यो: भारतीय सेना


  • 145
    SHARES
  • https://indrenipost.com/posts/9038
    बैशाख २७, २०८२ शनिबार
    पाकिस्तानले उच्च गतिको मिसाइल प्रयोग गर्‍यो: भारतीय सेना

    काठमाडौँ। भारतीय सेनाले पाकिस्तानले उच्च गति (हाई स्पिड) को मिसाइल प्रयोग गरेको जनाको छ । पाकिस्तानसँगको जारी तनावका बीच भारतीय सेनाले प्रेस ब्रिफिङ आयोजना गरेको थियो ।

    भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले शनिबार आयोजित प्रेस ब्रिफिङमा पाकिस्तानसँग सीमा जोडिएका स्थानमा भारतीय सेनाले गरेको जवाफी कारबाहीबारे उल्लेख गरिन् ।

    ‘पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राख्यो । नियन्त्रण रेखामा ड्रोन घुसपैठ तथा भारी हतियारद्वारा गोलीबारी भयो,’ उनले भनिन्, ‘श्रीनगरलेखि नलियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास भयो । जसमध्ये अधिकांशलाई असफल बनाइयो ।’

    उनले पन्जाबको सैन्य अड्डामा राति १:४० मा उच्च गति (हाई स्पिड) मिसाइल प्रहार भयो । उनले भारतले उक्त मिसाइल निष्क्रिय बनाएको बताइन् ।

    भारत र पाकिस्तानबीच जारी तनावको बीचमा लगातार चौथो दिन विदेश सचिव विक्रम मिश्रीको साथमा भारतीय स्थल सनाकी कर्णेल कुरेशी तथा भारतीय वायु सेनाकी विङ्ग कमान्डर व्योमिका सिंहले प्रेस ब्रिफिङ गरे ।

    प्रेस ब्रिफिङका क्रममा विदेश सचिव मिश्रीले भने- ‘पाकिस्तानको गतिविधि लगातार उक्साउने छ । भारतले उक्त उक्साहटको जवाफ दिएको छ  ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij