मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

संयुक्त गठबन्धन सरकार

यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/904
    असोज ११, २०७८ सोमबार
    यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सपथ सम्बन्धमा व्यवस्था गर्न  बनेको विधेयक संघीय संसद्सँग पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ । यस्तै, रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने निर्णय पनि बैठकले गरेको छ ।  

    प्रवक्ता कार्कीका अनुसार आजको बैठकले तेजाब तथा अन्य घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत गर्ने, नेपाल प्रहरी र पैदेश प्रहरीको कार्यसम्पादन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको धिवेयकलाई संसद्मा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।

    यस्तै, शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि भएको छ । बैठकले समाजकल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी तथा सदस्य सचिव पुष्कर खाती साथै सदस्यहरू मणिराम बञ्जारे,गोविन्दबहादुर शाही,नानीमाया थापा ,व्रम्हधोज गुृरुङ र सुशिला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

    बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने तथा गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोर्खापत्रको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij