शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

भारत र पास्कितानले गरे युद्ध विराम 


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9042
    बैशाख २८, २०८२ आइतबार
    भारत र पास्कितानले गरे युद्ध विराम 

     
    काठमाडौं। भारत र पास्कितान दुबै देशले तत्काल युद्ध विराम गरेका छन् । पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले यसबारे जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दई मुलुक युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए । पाकिस्तानी विदेशमन्त्री इशक दारले पनि युद्धविरामको पुष्टि गरेका छन् ।

    उनले जमिन, आकाश र समुद्रमा सबै किसिमका लडाईँ र सैन्य गतिविधि रोकिने जानकारी दिए । उनले दुबै पक्षलाई यसबारे जानकारी दिइएको पनि उल्लेख गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij