शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी 


  • 163
    SHARES
  • https://indrenipost.com/posts/9079
    बैशाख ३०, २०८२ मंगलबार
    दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी 

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको   शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत दक्षिण  अफ्रिकीहरू अमेरिका पुगेका छन् । रङ्गभेदी सोचका कारण दक्षिण अफ्रिका छाड्न बाध्य भएर अमेरिका पुगेका ५९ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिले ‘फास्ट ट्र्याक’ द्रुत गतिमा शरणार्थी मान्यता पाउने राष्ट्रपति ट्रम्पले बताए । सोमबार राजधानी वासिङ्टन डिसी नजिकको डुलेस विमानस्थलमा झरेका दक्षिण अफ्रिकीलाई अमेरिकी प्रशासनले न्यानो स्वागत गरेको थियो ।

    दक्षिण अफ्रिकाले भने शरणार्थीकै हैसियत प्रदान गर्नुपर्ने त्यस्तो कुनै गलत व्यवहार नभएको प्रतिक्रिया दिएको छ । धेरै अश्वेत र अफगानहरूले अमेरिकामा गरेको शरणार्थी निवेदनलाई अस्वीकार गरेका छन् ।  यसअघि ट्रम्पले थुप्रैले शरणार्थीका लागि गरेको आवेदनलाई खारेज गरेका थिए । यसरी खारेज गरिनेमा मानवअधिकार हनन भएको ठहर गर्दै आफ्नो देश छाडेर अमेरिका पुगेकाहरू पनि थिए । ट्रम्पको यो नीतिलाई महत्त्वपूर्ण ‘ट्विस्ट’को संज्ञा दिइएको छ ।

    अमेरिकामा शरणार्थीको प्रक्रिया पुरा हुन धेरै महिना र वर्ष समेत लाग्न सक्छ । यसका बाबजुद यो समूह फास्ट ट्र्याकबाट त्यहाँ पुगेका हुन् । ट्रम्पले दक्षिण अफ्रिकामा नरसंहार भइरहेको तथा श्वेत किसानहरू यसको सिकार भइरहेको समेत बताए । उनले गोरा किसानहरूलाई मारिएको समेत आरोप लगाए । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल सामाफोसाले ती सबै आरोपलाई अस्वीकार गरेका छन् ।

    श्वेत किसानहरूबाट विना कारण दक्षिण अफ्रिकामा जमिन खोस्ने नीति लिइएको भन्दै अमेरिकाले आलोचना गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij