काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँगञ्ेस सभापति शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएका छन् । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन आवद्ध दलबाट सरकारमा सहभागी सबै दललाइ उपप्रधानमन्त्री दिंदा धेरै हुने भएपछी यो निर्णय लिएका हुन ।
देउवा निकट नेता मीन विश्वकर्माका अनुसार गठवन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् ।
प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनु भएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवा निकट नेता विश्वकर्माले भने । सत्ता गठबन्धनकाबीचमा मन्त्रीको संख्या बाँडफाँड भैसकेको छ । सम्भवत भोलि बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्छ ।